२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

ओखलढुंगा अस्पतालकाे गाडी: रङ्गेलिकाे बास !

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा जिल्ला अस्पतालकाे गाडी माेरङकाे रङ्गेलीमा ३ दिन देखि अलपत्र देख्दा स्थानीय अचम्मित भए । सिद्धिचरण नगरपालिका–४  रुम्जाटारमा रहेको जिल्ला अस्पतालको प्रदेश १–०४–००१ झ ००१५ नम्बर अंकित गाडी मोरङमा बास बसेकोमा स्थानीय चकित परेका हुन् ।

    गाडी पछाडीको भागमा फोटोकपी पेपरमा विवरण लेखिएको छ–श्री जिल्ला अस्पताल ओखलढुंगा प्रदेश १–०४–००१ झ ००१५ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष देव सरकारी गाडी चढेर घर गएकाे बुझिएकाे छ ।

    उनी घरैमा बसेका लागि गाडी पनि ३ दिनदेखि रंगेलिमै बास बसेकाे हाे । अस्पतालको विशेष कामले विराटनगर गएकाे उनले विराटनगरस्थित आवर विराटनर अनलाइनलाई बताएकाे समाचार बाहिरिएकाे छ । याे समाचार तयार पार्दासम्म उनी गाडी घरमै राखेर आराम गरिरहेकाे  अस्पताल स्राेतले बताएकाे छ ।

    कोरोना संक्रमण महामारीको समयमा सरकारी गाडी लिएर घर गएका डाक्टरले आफ्नै घरमा गाडी रोकेर राखेपछि यसबारे चाैतर्फी चर्चा शुरु भएकाे छ । स्थानीयले सरकारी गाडीको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यान आकर्षण हुनुपर्ने माग  बताएका छन् । -आवर विराटनगरबाट

    प्रतिक्रिया दिनुहोस