२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

नेकपा स्थायी कमिटीमा भाले भिडन्त: ओलिले राेके, प्रचण्ड चलाउने तयारीमा !

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेपछि नेताहरूबीच झनै दुरी बढ्ने देखिएको हो ।

    बैठक रोकेकोमा आपत्ती जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले बैठक गरेरै छोड्ने तयारी गरेको छ।

    आवश्यक छलफल नसकिएको भन्दै एकतर्फी बैठक रोकेपछि प्रचण्ड–नेपाल समूहले बैठक बस्ने जनाएको छ। नेपाल समूहका एक नेताले स्थायी कमिटी बैठक बस्ने जानकारी गराए।

    बैठक फेस नगर्ने बाहिर गुट बनाउने ‘ओलि प्रवृति’ र एजेण्डा ल्याउने कार्यन्वयनमा लैजान नसक्ने नेपाल-दाहाल समुहबीचकाे टकराव पानी बाराबारकाे स्थितिमा मात्र  पुगेकाे छैन, नेकपा विभाजनकाे संघारमा पनि पुगेकाे छ ।

    प्रतिक्रिया दिनुहोस