२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

भारी वर्षाले बाढी पहिराेकाे त्रास, ओखलढुंगाका कुन कुन क्षेत्रका कति घरधुरी जाेखिममा ?

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  साेबारदेखि लगातार परिरहेकाे झरिका कारण बाढी पहिराेकाे जाेखिम बढेकाे छ भने ग्रामीण भेगका सडक अबरुद्ध भएका छन् । भारी वर्षाले बाढी पहिराे जाने र जाेखिममा रहेका वस्ती असुरक्षित बन्न थालेका छन् ।

    विपद् व्यवस्थापन समिति ओखलढुंगाले  बाढी तथा पहिराेबाट अति जोखिम क्षेत्रको पहिचान गरेकाे छ । जस अनुसार जिल्लाका ६ सय १५ घर उच्च जाेखिमम रहेका छन् ।  जथाभावी सडक निर्माण, पुराना पहिराे नियन्त्रणमा नआएका लगायत कारणबाट जाेखिम वर्षेनि बढेकाे हाे ।

    स्थानीयलाई सतर्क रहन र कुनै जाेिखम देखिएमा प्रहरी तथा जिल्ला प्रशासनलाई जानकारी गराउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेकाे छ ।

    यी हुन्, बाढी तथा पहिरोबाट उच्च जोखिममा रहेका क्षेत्र तथा घरधुरी

    पहिरोबाट जोखिम

    १. सिद्धिचरण नपा वडा नं. १, ७ र ८ र १०, घरधुरी संख्या- ११०
    २. चिशंखुगढी वडा नं. १,२,६,७ र ८, घरधुरी संख्या- १७८
    ३. मोलुङ गापा वडा नं. ३, ५ र ६ ,घरधुरी संख्या- १०८
    ४. खिजीदेम्वा गापा वडा नं. १ र ६, घरधुरी संख्या- १३
    ५. लिखु गापा वडा नं. ६, घरधुरी संख्या- १६
    ६. चम्पादेवी गापा वडा नं. १, घरधुरी संख्या- ७
    ७. सुनकोसी गापा वडा न.ं १ र ३, घरधुरी संख्या- ८८
    ८. मानेभञ्ज्यांग गापा वडा न.. २, ३, ४, ६ र ९, घरधुरी संख्या- ९५

     

    प्रतिक्रिया दिनुहोस