२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

काेराेनाबाट थप १ जनाकाे मृत्यु, प्रदेश र संघीय राजधानीमा महामारी !

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- म‌गलबार थप एक जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनी दमका रोगी थिए।

    सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो।  यस्तै मंगलबार  ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

    मन्त्रालयका अनुसार  कोरोनाका सक्रिय बिरामीको संख्या ५ जहार १ सय ३९ पुगेको छ। पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएसँगै कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।

    यस्तै काेराेना संक्रमणकाे हिसाबले प्रदेश १ काे राजधानी विराटनगर र संघीय राजधानी काठमाण्डाैं उच्च जाेखिममा रहेका छन् । त्यहाँ काेराेना संक्रमण समुदाय स्तरमै पुगेकाे बताइन्छ ।

    आज म‌गलबार मात्रै विराटनगरमा १८ जना र काठमाण्डाैंमा ५३ जना संक्रमित थपिएका छन् । याे अहिलसम्मकै धेरै हाे । विराटनगर र काठमाण्डाैंमा जाेखिम बढेकाे छ ।

    प्रतिक्रिया दिनुहोस