२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

‘फ्रन्टलाइन’का ३७८ जना सुरक्षाकर्मीलाई काेराेना, प्रहरी मुख्यालयमै २७ जना संक्रमित

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा –  काेराेना राेकथाम तथा नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खटिएका सुरक्षाकर्मी नै संक्रमणकाे जाेखिममा परेका छन् । सुरक्षामा खटिएका कूल ३ सय ७८ जनामा संक्रमण देखिएकाे छ ।

    स्याङ्जाको पुतलीबजारस्थित जिल्लाको ठूलो एरियामा शान्तिसुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मेवारी लिएको जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । स्याङ्जाका एसपीसहित २१ जनालाई कोरोना देखिएपछि त्यहाँ कार्यरत प्रहरी बाहिर निस्कन पाएका छैनन् ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जना प्रहरी नै संक्रमित भएपछि सुरक्षा निकायमा उच्चा जाेखिम बढेकाे छ । अहिलेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३७८ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । तीमध्ये, २३५ जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् । १४३ जना सुरक्षाकर्मी आइसोलेशनमा छन् ।

    यसमा नेपाल प्रहरीका २०७ जनालाई कोरोना देखिएको प्रहरी प्रवक्ता निरज शाहीले जानकारी दिए । शाहीका अनुसार ९९ जना प्रहरी निको भर कार्यक्षेत्रमा फर्किएका छन् भने ८३ जना प्रहरी आइसोलेशनमा छन् ।

    सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका ७९ जनामा कोरोनासंक्रमण देखिएको छ । जसमध्ये ७१ जना निको भएर कार्यक्षेत्र फर्किएका छन् भने ८ जना अस्पतालको आइसोलेशनमा छन् ।

    यस्तै शस्त्र प्रहरी मुख्यालयका अनुसार ९२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । जसमा ६५ जना निको भएर कार्यक्षेत्र फर्केका छन् । २७ जनाको उपचार भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    कुन प्रदेशमा कति ?

    –१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर – २७

    –२ नम्बर प्रदेश प्रहरी कार्यालय, धनुषा – ३४

    – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा – ६३

    – गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा – २९

    –५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङ – १५

    –कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत – २७

    –सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल – १२

    संक्रमितमध्ये ९९ जना निको भएर घर फर्किसकेका छन् । बाँकी १०६ जनाको उपचार भइरहेको बताइएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस