२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

लिलबहादुरलाई ५ हजार हस्तान्तरण, उपचारका लागि सहयाेगकाे अपिल

  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- आर्थिक अवस्था कमजाेर भएर उपचारमा समस्या झेलिरहेका माेलुङ २ रामपुरका  लील बहादुर सार्कीकाे उपचारका लागि सहयाेग प्राप्त भएकाे छ ।

    नेकपा ओखलढुङ्गा काठमाण्डाै‌ं सम्पर्क मञ्चकाे तर्फबाट समाजसेवी चन्द्र वाम्वुलेले ५ हजार सहयाेग हस्तान्तरण गरेका छन् । लिलबहादुर प्यारालाइिसस टिभीबाट पीडित रहेकाे र उनकाे उपचारमा समस्या रहकाे वाम्वुलले बताए ।

    वाम्वुले ओखलढुंगाबाट काठमाण्डाैं गएर व्यवसाय र राजनीति गर्दै आएका छन् । लिलबहादुरलाई हाल चाबहिलकाे हेल्पिङ हेण्ड हस्पिटलमा भर्ना गरिएकाे छ । उपचार खर्च अभाव रहेकाले सहयाेग गर्न परिवारले अपिल गरेकाे छ । सहयाेगका लागि 9865390637 गर्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस