२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

कल्भडमा आएको बाढीले बगाएर १ जनाको मृत्यु

Thumbnail
  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • उदयपुर- उदयपुरको बेलका नगरपालिका-३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका-५ का ३५ बर्षीय कर्ण बहादुर राई मृत फेला परेका छन् । श्रावण १२ गते धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका-३ सिसौली टप्पु गएका राई श्रावण १३ गते राती ८ बजे प्रदेश १-०२-००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा उक्त कल्भडमा  आएको  बाढीले बगाउदा बेपत्ता भएका थिए ।

    राई बेपत्ता भएको खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ बजे बगाएको स्थान भन्दा करिव ५ सय मिटर दक्षिण मृत अवस्थामा फेला पारिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस