२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम

सांकेतिक तस्वीर
  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पुर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहीबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनमा अहिले पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको उल्लेख छ।

    दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

    राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

    शनिबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, प्रदेश प्रदेश १,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। -अन्नपूर्णबाट

    प्रतिक्रिया दिनुहोस