२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

प्रहरी प्रधान कार्यालयमा महामारीकाे खतरा, ४४ प्रहरी संक्रमित

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    प्रधान कार्यालयमा यसअघि ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यहाँ कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । काेराेना राेकथाम तथा नियन्त्रणमा अग्र भागमा काम गर्ने प्रहरी तथा स्वास्थ्यकर्मी उच्च जाेखिममा रहेका छन् ।

    संक्रमितलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको बताइएको छ । उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस