२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

कांग्रेसकाे ज्येष्ठ राजनीतिज्ञ सभामा ओखलढुंगाका ‘१२ भाइकाे इन्ट्रि’, काे काे समेटिए ?

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा ओखलढुंगाका १२ जना नेतालाई मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार मनोनित गरेका ४ सय ७९ मध्ये १२ जना जेष्ठ राजनीतिज्ञ सभामा परेका हुन् ।

    राजनीतिज्ञसभामा जिल्लाका पुराना नेताहरू होमनाथ दाहाल, चन्द्रकान्त दाहाल, महेश कुमार कोर्मोचा, उत्तर कुमार कटवाल, पृथ्वी बहादुर कार्की, देबी बहादुर के. सी., बाल गोबिन्द राजभण्डारी, टंक बहादुर कार्की, रुद्र प्रसाद दाहाल, युबराज घिमिरे, दुर्योधन गिरी र खिलनाथ अधिकारी मनोनित भएका छन् ।

    कांग्रेसको विधानको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठन सम्बन्धी व्यवस्था छ । सो प्रावधान अनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ ।

    यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीको व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस