२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

जिल्ला प्रशासन कार्यालयकाे प्रशासन सुधार याेजनामा के छ ?

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले प्रशासन सुधार वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि कार्यालयले ५४ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

    प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद व्यवस्थापन, सुशासन लगायतका सेवाहरुलाई व्यावसायिक रुपमा सम्पादन गर्ने उद्देश्यले कार्ययोजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

     के के छन् कार्ययोजनामा

    कार्ययोजनामा जनमैत्री कार्यालय व्यवस्थापन, सुशासन तथा प्रभावकारी सेवा व्यवस्थापन, शान्ति सुरक्षा र अपराध नियन्त्रण, विपद् व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

    कार्ययोजना तर्जुमा गर्दा प्रशासन कार्यालयले कार्यालयलाई प्राप्त कानुनी अधिकार, स्वीकृत वार्षिक विकास कार्यक्रम तथा वजेट, नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त निर्देशन, गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन करार सम्झौता तथा स्थानीय वस्तुस्थिति समेतलाई आधार मानेको तयार गरेको जनाएको छ ।

    यस्तै जिल्लास्थित सबै सरकारी कार्यालयहरूको समेत कार्ययोजना निर्माण भइरहेको प्रशासन कार्यालयको भनाई छ । कार्यालयले २०७७ साउन मसान्तभित्रमा सबै सरकारी कार्यालयको सुधार योजना तर्जुमा तथा कार्यान्वयन गर्ने गरी तयारी गरिरहेको जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस