२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

डिभाइडरले यसरी गरायाे दुर्घटना, एक जनाकाे मृत्यु !

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- कोशी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडकखण्डमा राखिएको डिभाइडरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

    विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस बिहीबार राति ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि डिभाइडरमा ठोक्किएकाे थियाे ।

    बस ठाेक्किँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस