२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

घुस खाने प्रहरी यसरी डामिए

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ ।

    अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई  कारवाही  गरिएको थियो ।

    निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।

    प्रतिक्रिया दिनुहोस