२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
काेराेना कहर

काेराेनाले एकै दिन ४ काे मृत्यु, सबै प्रदेश २ कै

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुग्याे

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै– नेपालमा थप चार जनाकाे काेराेना भाइरसकाे सङ्क्रमणका कारण मृत्यु भएकाे  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृतक चारै जना पर्साका हुन् ।

    पर्साकाे वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हो ।

    याेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगेको छ ।

    यस्तै  वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुटुको रोगी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई गएको ६ गते कोरोना पुष्टि भएको थियो ।

    यस्तै वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गएको ५  गते उहाँ अस्पताल भर्ना हुन भएको थियो । उहाँलाई ज्वरो र  श्वासप्रश्वासको समस्या देखिएको थियो ।

    वीरगञ्ज महानगरपालिका २ काे छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएकाे छ । उनको निधनपछि कोरोनाको परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

     

    प्रतिक्रिया दिनुहोस