२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

यस्ताे छ आजकाे माैसम

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले दैनिक वर्षा भइरहेकाे छ । बुधबार देशभर सामान्य बादल लाग्ने र सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

    बुधबार दिउँसाे देशका सबै प्रदेशमा सामान्य बादल लाग्ने र धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएकाे छ ।

    त्यस्तै राति पनि हल्कादेखि मध्य वर्षाकाे सम्भावना रहेकाे छ । महाशाखाका अनुसार  बुधबार राति देशको सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस