२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

किन भयाे ५ नेताले बोलेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित ?

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

    बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस