२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

होटेलमा प्रचण्ड-नेपाल समूहको आकस्मिक भेला !

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै‌ं-  नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन् ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरू सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि भेला भएका हुन् । छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका ३० सदस्य सहभागी छन् ।

    बिहीबार बस्ने स्थायी कमिटी बैठकअगाडि आफ्नो समूहको रणनीति बनाउन छलफलमा जुटेको एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस