२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

काे काे हुन् एमाले व्यूँताउने ? हेर्नुहाेस् सूचि !

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चियाे ।

    बामदेव गौतमसहितका नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरे । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ भन्ने विवरण सार्वजिनक भएकाे छ ।  १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएकाे निवेदनमा देखिन्छ ।

    दलको अध्यक्ष भने सन्ध्या तिवारी ताेकिएकाे छ । उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चले पनि उनी मोरङको विराटनगर महानगरपालिका–६ की भएको पाइएको छ ।

    दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । नयाँ पार्टी दर्ताका लागि निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।

    प्रस्तावित नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् । अनलाइनखबरमा समचार छ । अध्यक्षलाई पार्टी दर्तापछि मात्रै सार्वजिनक गर्ने जनाइएकाे छ ।

    काे काे हुन् नेकपा एमाले व्यूँताउने हेर्नुहाेस् विवरण

    प्रतिक्रिया दिनुहोस