२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

राष्ट्रपति भेट्नासाथ प्रचण्डले किन गरे स्थायी कमिटी स्थगन ?

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । आजै २ पटक स्थगन भएकाे बैठक अरु २ दिन पछि धकेलिएकाे हाे । 
    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
    केही समय चलेकाे बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलि सहभागी थिएनन् ।दिउँसाे १२ बजे बाेलाइएकाे स्थायी कमिटी मन्त्री परिषद् बैठकका कारण स्थगित भयाे । अपराह्न बाेलाएकाे बैठकमा पनि प्रचण्डले केही ब्रिफिङ् गरेर बैठक स्थगन गरे ।
    यसले धेरैलाई आश्चर्यमा पारेकाे छ ।ओलि राष्ट्रपति भेटेर स‌ंसद अधिवेशन अन्त्य गर्ने, प्रचण्ड स्थायी कमिटी स्थगन । नेकपा बृत्तमा यसले  राष्ट्रपतिकाे भूमिकालाई लिएर बहस पनि शुरु हुने देखिएकाे छ ।
    याे किन भइरहेकाे भन्ने बारे धेरै आंकलन भइरहे पनि नेकपाका एक नेताका अनुसार अब स्थायी कमिटी बैठकअघि शुक्रबार नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल  हुन्छ । नेताहरुका अनुसार समहति खाेज्न याे समय उपयाेग हुनेछ ।

    प्रतिक्रिया दिनुहोस