२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

काेराेना कहर: ३२ काे मृत्यु, एकै दिन थपिए ७ सय ४०, स‌ंक्रमित १५ हजार नाँघे

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै  कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । ​काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उनलाई काेरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    काठमाण्डौको एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उहाँको सघन उपचार कक्ष (आईसीयू) मा रहेकै बेला मृत्यु भएको  जनाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस