२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

के सहमति भयाे ओलि-प्रचण्ड वार्तामा ?

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌ंगा-  नेकपाभित्रको विवाद बढ्दै जाँदा विभाजनकाे रेखा काेरिएकाे छ । दाहाल-नेपाल पक्ष ओलि गलाउने रणनीतिमा छन्, भने ओलि उनीहरुलाई नै गलाउने गरि अडानमा छन् । सहमतिकाे संभावना टर्न लागेकाे भन्दै युवा नेताहरुले भेला नै गरेर पार्टी जाेगाउन दवाव अभियान थालेका छन् ।

    यसवीचमा आज दुई अध्यक्ष ओलि-प्रचण्ड वार्तामा बसेका थिए । धेरैले सहमति हुने आशा र कतिले पार्टी फुट्ने अनुमान लगाइरहँदा के भयाे त सहमित भन्ने प्रश्न खडा भएकाे छ । समाचारहरुमा जनाइए अनुसार फेरि बस्ने सहमति भएकाे छ ।

    ओलिका प्रेस स‌ंयाेजक रामशरण बजगाइका अनुसार दुई अध्यक्षबीच पार्टी एकता जोगाउने विषयमा छलफल भएको र संवाद जारी राख्ने सहमति भएको  छ । छलफलमा विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए ।

    प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामालाई मुख्य शर्त बनाएका छन् भने प्रधानमन्त्री ओली कुनै पनि हालतमा राजीनामा दिन तयार नहुँदा विवाद बढ्दैछ । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । भाेलि स्थायी समिति वस्ने यस अघिकै कार्य सूची छ ।

    प्रतिक्रिया दिनुहोस