२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

‍ओखलढुंगामा कसरी आयाे सलह ?

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ‌ओखलढुंगामा पनि सलहकाे हुलै देखिएकाे छ । यहाँकाे चम्पादेवी गाउँपालिका वडा नं ४ फेदीगुठस्थित चिलाउनेमा सयाै‌ंकाे स‌ंख्यामा सलह देखिएकाे हाे । जिल्लामा पहिलाे पटक सलह समुहमा देखिएकाे छ । यस अघि छिटपुट गाउँ गाउँमा सलह भेटिएका थिए ।

    कृषि ज्ञान केन्द्र ओखलढुंगाका अधिकृत छैटौँ हेमबहादुर आलेमगरका अनुसार जिल्लामा सलह हुलमै भेटिएकाे  हाे । यस अघि  भेटिए पनि कार्यालयले पुष्टि गरेकाे थिएन । चम्पादेवीकै वडा नं ८ र वडा नं ३ मा पनि १ सयदेखि डेढ सयसम्मको समुहमा सलह भेटिएकाे छ । मकै लगायत बाली क्षाति गर्न थालेकाे किसानकाे गुनासाे छ ।

    जिल्लाका अन्य क्षेत्रमा छिटपुट रुपमा स्थानीय जातकाे फट्याङ्ग्राजस्तै देखिने कीराकाे हुल सलह भएको ज्ञान केन्द्रको दावी छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा सलह भएको पुष्टि भएको आलेमगरले  बताए । ‘यहाँ देखिएको सलह ठूला ठूला झुण्डबाट छुटिएर साना साना झुण्डमा आएको पाइन्छ,’ उनले भने, ‘अहिले नै बालीनाली क्षति गर्ने अवस्था नभएपनि ठूलो संख्यामा आएको खण्डमा क्षति पुर्‍याउन सक्छ ।’

    प्रतिक्रिया दिनुहोस