२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

शीलत निवास पुगेर ओलिले किन ७ बजे मन्त्रीहरुलाई बालुवाटार बाेलाए ?

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवास पुगेका हुन्।

    प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक तनाव र पछिल्लो घटनाक्रमको विषयमा पछिल्ला दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै आएका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ जना सचिवालय सदस्यको छलफल खुमलटारमा चल्दै गर्दा प्रधानमन्त्रीले बालुवाटार र शीतल निवासको भेटलाई निरन्तरता दिएका हुन्।

    साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा निम्ता 
    प्रधानमन्त्री ओलीले शनिबार साँझ ७ बजे मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले बोलाउनुको कारण नखुलाए पनि छलफलका लागि बोलाएको जानकारी दिए। अन्नपूर्णबाट

    प्रतिक्रिया दिनुहोस