२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

मुलुकभर विपद्का १६ घटनामा ९ काे मृत्यु

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै‌ं- मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ।

    प्राप्त जानकारीअनुसार बझाङको मल्लेसीमा भेल पहिरो खस्दा छ जनाको मृत्यु भएको छ। त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पुर्‍याएको छ सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ। नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन्।

    खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ।सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले शनिबार सूचनामार्फत जनाएको छ।

    शनिबार भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। -रासस

    प्रतिक्रिया दिनुहोस