२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

कांग्रेस केन्द्रीय कार्यसमिति आज, ओलि-देउवा सहमतिले प्रवेश पाउने !

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने बताइएको छ ।

    याे पनि पढ्नुहाेस्: मध्यरातमा ओलि-देउवा सहमति: नेकपा विभाजनपछि सरकारमा सहभागी !

    प्रतिक्रिया दिनुहोस