२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

दुई वर्षमुनिका शिशुलाई प्रोत्साहन भत्ता

Thumbnail
  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ ।

    शिशु पोषण प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले आइतबारदेखि दुई वर्षमुनिका बालबालिकालाई गएको साउनदेखि यो असारसम्मको एकमुस्ट प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो ।

    प्रोत्साहन भत्ता वितरणको तयारीका क्रममा लकडाउन भएपछि आर्थिक वर्षको अन्तिममा मासिक एक हजारका दरले शिशु प्रोत्साहन भत्ता वितरण सुरु गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँका ७९ शिशुलाई मासिक एक हजारका दरले आर्थिक वर्ष २०७६/०७७ भित्रको प्रोत्साहन भत्ता वितरण गरिएको छ । क्रमशः अन्य सात वटै वडाका शिशुलाई प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

    नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलब्ध गराएको प्रमाणकाे आधारमा गाउँपालिकाले २०७५ साल वैशाख १३ गतेदेखि प्रतिबच्चा मासिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस