२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

बादल फर्किए तर, किन छाडे निकटकैले ओलिकाे साथ ?

  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले आफू प्रधानमन्त्री ओलीकै समर्थनमा रहेको उल्लेख गरेका छन्।

    उनले मंगलबार नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको भेटमा मन्त्री बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने बताए।

    पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको पनि बताए।

    उनले भने, म झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरियो । अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ। हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ।’

    पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको पनि बताए।

    बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय पुगेका थिए। बुढा बाहेक अरु सबै प्रधानमन्त्री केपी ओलीनिकट नेता हुन्।

    संस्थापन निकट नेताहरुसँग बादलले फरक कुरा गरे पनि झम्सीखेल बैठकमा भने आफू माधव–प्रचण्ड समूहकै निकटमा रहेको बताएका थिए।

    भेटमा भट्टराईसहित राष्ट्रिय सभामा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरू सुमनराज प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति ल्वार सहभागी थिए । भट्टराईसहितको टोलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि भेटेर विभाजन रोक्ने पहलका लागि अगुवाइ गर्न आग्रह गर्ने तयारी गरेको छ ।

    २० वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले पार्टी र सरकार सञ्चालनका क्रममा अहिलेसम्मका कमजोरीबारे आत्मालोचना गरेपछि अबदेखि विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यता र पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस निर्णयसँगै नेकपाको शीर्ष तहको विवाद तत्कालका लागि मत्थर भएको थियो ।

    त्यस्तै, बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरूलाई समाधान गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने र पार्टी एकतालाई कमजोर पार्ने र फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेको थियो ।

    १७ वैशाखमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीका रूपमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए ।

    ओलि गुट छाड्दै सा‌ंसद 

    पछिल्ला बैठकहरूमा उनले एउटा मात्रै पद बचाएर भएपनि ‘सेफ ल्यान्डिङ’ गर्न चाहेको उनकै निकट नेताहरू बताउने गरेका छन् । प्रचण्डलाई फकाएर भएपनि उनि एउटा पद जोगाउन तिर लाग्ने विश्लेषकहरूले बताउने गरेका छन् ।

    ओली निकट एक सांसदले ओलीले जे गर्छन त्यसमा सती जान नसकिने बताउँछन । उनले पार्टीलाई नै नमान्ने मान्छेको साथमा अर्को पार्टीमा गएपनि हालत यहि हुने बताए । त्यस्तै उनलाई अत्यन्तै नजिकबाट साथ् दिएका दोश्रो तहकै नेताले पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाएको खण्डमा नेपाल समुहलाई साथ् दिने बचन दिइसकेका छन् ।

    आफुलाई हटाउन भारत र आफ्नै पार्टीका नेताहरू लागेको अभिव्यक्ति दिएर विषयान्तर गर्न खोजेका उनलाई यहि अभिव्यक्तिले थला पार्ने देखिएको छ । त्यसमाथि उनले उठाएको राष्ट्रपतिमाथिको महाभियोग प्रकरण त उनको कद घटाउने कडी बन्नसक्ने देखिन्छ ।

    ओली निकट एक सांसदले ओलीले जे गर्छन त्यसमा सती जान नसकिने बताउँछन । उनले पार्टीलाई नै नमान्ने मान्छेको साथमा अर्को पार्टीमा गएपनि हालत यहि हुने बताए । त्यस्तै उनलाई अत्यन्तै नजिकबाट साथ् दिएका दोश्रो तहकै नेताले पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाएको खण्डमा नेपाल समुहलाई साथ् दिने बचन दिइसकेका छन् ।

    प्रधानमन्त्री ओलीले आंकलन गरेभन्दा ठ्याक्कै उल्टो माहोल पार्टीमा बनेको एक स्थायी कमिटि सदस्य बताउँछन । पार्टी फुटाउन तयार भएका ओलीलाई पार्टीका तल देखि माथिसम्मका नेताहरूले त्यस्तो निर्णय नगर्न चेतावनी दिएका छन् । पार्टी फुटाइहाले पनि उनीहरूले साथ् दिन नसक्ने यो प्रष्ट संकेत हो’ हिमाल पाेष्टले विष्लेषण लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस