२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

बाढी अपडेट: २२ बेपत्ता, ३२ घर बगे; उद्धार टाेली तत्काल पठाउन देउवाकाे माग

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् ।

    बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको शव फेला परेको छ । अरु तीन जना घाइते भएका छन् ।

    त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी ११ वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । विपद्काे समयमा राहत तथा उद्धारकाे काम द्रुत गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले माग गरेका छन् । उनले ट्वीट गर्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् । यस्तै सभामुख अग्नि सापकाेटाकाे गृह जिल्ला भएकाले घटनास्थल जाने प्रयासमा उनी रहेकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस