२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

यसरी भाे सरिताकाे सांसद पद चट्

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- संघीय संसद् सचिवालयले सांसद सरिता गिरीलाई पदमुक्त गरेपछि उनको पद रिक्त रहेको जानकारी गराएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले विज्ञप्ति निकालेर सरिता गिरीलाई सांसद् पदबाट मुक्त गरेको जानकारी दिएका हुन् ।

    समाजवादी पार्टीको तर्फबाट समानुपातिक प्रतिनिधि गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी गिरीलाई पार्टीको संसदीय दलले नै प्रतिनिधि सभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

    त्यही जानकारीका आधारमा सांसद् गिरीको पद रिक्त रहेको सूचना सचिवालयले सार्वजनिक गरेको हो । गिरिले नेपालकाे संविधान संसाेधन र नयाँ नक्सा जारि गर्दा भारतलाई साेध्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस