२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
नेकपा शक्ति संघर्ष

झलनाथले यसरी गराए ओली-प्रचण्डकाे ‘गेट-क्र्यास’

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पाँच दिन देखि बन्द बाेलचाल आज मात्रै शुरु भाे । नेकपाका डबल अध्यक्षकाे बाेलचाल गराउन पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पाैडेलले राेल खेले । दुई नेतालाई साक्षी राखेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ५ दिनपपछि छलफलमा बसे । अहिले बालुवाटारमा छलफल जारी रहेको छ।

    बाेलचाल गराउन मात्र नभइ १० बजेबाट सुरु भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि सहभागी रहेकाे बताइएकाे छ । प्रचण्डले एक्लै ओलीसँग छलफलमा नबस्ने भनेपछि उनको तर्फबाट खनाल र ओलीको तर्फबाट पौडल पनि बैठकमा सहभागी भएको स्रोतले जनाएको छ।

    साउन १३ गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन। यसबीचमा दुई अध्यक्षबीच संवादको वातावरण बनाउन  विष्णु पौडेल र शंकर पोखरेलले दुवै जनासँग भेटघाट र छलफल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस