२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

३९० प्रहरीमा कोरोना संक्रमण

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी सताउन थालेको छ । सुरक्षाकर्मी सडकमा तैनाथ हुनु पर्ने तथा विभिन्न व्यक्तिसँग सम्पर्क रहने हुनाले उनीहरु संक्रमित हुन थालेका हुन् ।

    मुलुकभर अहिलेसम्म सशस्त्र र जनपथ गरी ३ सय ९० सुरक्षाकर्मीमा कोरोना देखिएको छ । नेपाल प्रहरीका जवानदेखि उच्च अधिकारीसम्मका २ सय ५९ जना संक्रमित भएका छन् । सशस्त्र प्रहरी बलतर्फ १ सय ३१ जनालाई कोरोना लागि सकेको छ ।

    प्रहरी प्रधान कार्यालयमा ७३, उपत्यकामा थप १३, प्रदेश १ मा २९, प्रदेश २ मा ४२, गण्डकी प्रदेशमा ४८, प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिमा १२ जनामा संक्रमण देखिएको छ । संक्रमितमा १ एसपी, ६ इन्स्पेक्टर, १२ सई, १६ असई, ६९ हवल्दार, १ सय ५१ प्रहरी जवान र चारजना कार्यालय सहयोगी छन् । हालसम्म संक्रमित प्रहरीमध्ये १ सय ५ जना उपचारपछि घर फर्किएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तै सशस्त्र प्रहरी बलका पनि १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । सशस्त्र प्रहरी बलका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका छन् । जसमध्ये ६८ जना उपचारपछि घर फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस