२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
नेकपा विवाद र वार्ता

बालुवाटारमा प्रचण्डले के खालान्, नेम्वाङकाे ‘जेरी’ कि बाँस्काेटाकाे ‘तिते करेला’ ?

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कुनै नतिजा नदेखिएकाे तर ‘सकारात्मक’ भनिएकाे र दैनिक भइरहेकाे ओली-प्रचण्ड वार्तामा के हुन्छ भन्ने अनुमान मात्रै गर्न सकिन्छ तर, छलफलमा बस्दा के खाने वा खुवाउने भन्ने कुरा चाँही बडाे चर्चाकाे विषय छ । नेकपाकाे गुटगत शक्ति संर्घष विभाजनकाे बाटाेमा धकेलिएपछि दुई अध्यक्षबीच छलफल चलिरहँदा यस्ताे चर्चा चलेकाे हाे ।

    उक्त छलफलमा कहिले खानाकाे चर्चा त कहिले साछीकाे चर्चा छ । यही चर्चाबीच प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपाभित्रको विवाद समाधानको लागि मंगलबार साँझ करिब ५ बजेदेखि छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।

    बाँस्काेटा ख्याल ठट्टा र बाँङ्गा कुरा गर्न ओलि जस्तै माहिर छन् । उनले पनि अब ‘तितेकरेला’ खुवाएर पठाउनू भनेर ओलिलाई सुझाए । सहमतिमा नआउनेलाई पेलेरै ठेगान लाउन उनले ठट्टा गरेर ओलिलाई उक्साएका हुन् ।

    ओली र प्रचण्डले मंगलबार पनि दुई साक्षी राखेर छलफल गरेका छन्। ओलीको तर्फबाट संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ र प्रचण्डको तर्फबाट नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई छलफलमा राखिएको छ।

    प्रचण्डलाई खानेकुरा सिफारिस !

    छलफलमा बस्दा नेताहरु के खालान् ? धेरैकाे चासाे र चर्चा छ । दुई अध्यक्षबीचकाे छलफलका साछी सुवास नेम्वाङका अनुसार प्राय: ‘ग्रीन टि’बाटै छलफल शुरु हुन्छ ।

    उनले  यसलाई सहमतिकाे विन्दुमा पुग्दा ‘ग्रीन टि’बाट शुरु भएर ‘जेरी’मा वार्ता सकिने बताएका थिए । उनले प्रचण्डले ‘जेरी’ खाएर बाहिरिने बताए पनि अहिलेसम्म जुरेकाे छैन । अनि आज जुर्ला त ? जानकारहरुका अनुसार नेम्वाङकाे ‘जेरी अफर’मा छलफल पुग्न गाह्राे छ ।

    साेमबारकाे छलफललाई  ओलिले तात् ताताे जेरी खाएजस्ताे भनेका थिए । ओलि निवास बालकाेटमा पूर्व सञ्चारमन्त्री गाेकुल बाँस्काेटा बसेका छन् । ओलि अचानक हिजाे बालकाेट गए । बाँस्काेटाले छलफल के हुँदैछ भनेर त्यहाँ साेध्दा ताताे जेरी खाए जस्ताे भनेर उडाएका थिए ।

    बाँस्काेटा ख्याल ठट्टा र बाँङ्गा कुरा गर्न ओलि जस्तै माहिर छन् । उनले पनि अब ‘तितेकरेला’ खुवाएर पठाउनू भनेर ओलिलाई सुझाए । सहमतिमा नआउनेलाई पेलेरै ठेगान लाउन उनले ठट्टा गरेर ओलिलाई उक्साएका हुन् । अब आज ओलिले उनका दुई विश्वास पात्र नेम्वाङ् र बाँस्काेटाले सिफारिस गरेकाे ताताे जेरी र तिते करेलामध्ये के दिने हुन् प्रतिक्षा गराै‌ं ।

    प्रतिक्रिया दिनुहोस