२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
निशानामा बालिका

फेरि बालिका बलात्कृत !

३ महिनामा १३ घटना, १० वर्षमूनिका ३ जना बलात्कृत

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- एक ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चिशंखुगढी गाउँपालिका १ का १७ वर्षीय बालकलाई साउन मंगलबार पक्राउ परेका छन् । बालिकालाई कोही नभएको मौकामा बलात्कार गरेको उजुरीका आधारमा बालकलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन बस्नेतले बताए ।

    आरोपित बिरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको र बालक प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ । पछिल्लो समय बालिका बलात्कारका घटना बढेका छन् ।

    २०७७ बैशाख यता १३ ओटा बलात्कारका घटना भएको प्रहरीको अभिलेख छ । यसममध्ये ३ वर्षदेखि १० वर्षसम्मका ३ जना र १०देखि १८ वर्षसम्मका ६ जना बालिका पीडित भएका छन् ।

    कतिपय बलात्कारका घटना ११ देखी १३ वर्षसम्मका अबोध बालकले घटाएका छन् । देखेर पनि बालकले त्यसै गरेको प्रहरी समक्ष बया दिएको पाइएको छ ।

    यसरी बालिकामाथि यौनजन्य हिंसा बढ्नु समाजमा रहेको आपराधिक मनोवृत्ति अशिक्षा अनजान वा जवरजस्ती गर्ने मनसायबाट प्रेरित भएको सरोकारवालाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस