२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

ज्ञानेन्द्रलाई काेराेना संक्रमण, उनीसँगै बैठक बसेका प्रधानमन्त्री र गृहमन्त्रीकाे अवस्था के छ?

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- पत्याउन गाह्राे मान्नु हाेला ज्ञानेन्द्रलाई काेराेना संक्रमण भनेर लेख्दा । तर पत्याउनु पर्छ उनी पूर्व राजा नभएर  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव हुन् ।  र उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।

    उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।

    मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । ‘काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो,’ मन्त्री यादव निकट स्रोतले भन्यो ।

    प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।

    उनीहरुकाे अवस्था के छ र परिक्षण उनीहरुकाे पनि भयाे कि भएकाे छैन यसबारे संघीय सरकारले कुनै जानकारी गराएकाे छैन । यद्यपी याे निकै चासाे र चर्चाकाे विषय  हाे ।

    प्रतिक्रिया दिनुहोस