२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डे पनि संक्रमित !

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुन: कडिकडाउ गरेको छ । यसैबीच, संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरिएमा संक्रमण पोजेटिभ देखिएको हो। सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

    उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो । पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको बताए ।

    प्रतिक्रिया दिनुहोस