२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

‘साइबर सेना’काे निशानामा बामदेव !

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- बालुवाटारका अनेक दु:ख छन्, आजभाेलि । अधिकाशं दु:खमा नेकपाका ‘किङमेकर’ नेता बामदेव गाैतम मल्हम बनि दिएकाले केहि राहत भने हुन्थ्याे ।

    पार्टी विभाजनकाे बाटाेमा पुग्नबाट राेक्न ६ बुँदे प्रस्ताव ल्याउँदा बालुवाटारलाई केहि हदसम्म सुखकाे निद्रा आएकाे थियाे । त्याे प्रस्तावलाई धेरैले समाधानकाे उपाय, नेकपामा ‘ग्लूस्टिक’ भनेर अर्थ्याए पनि । फेरि अहिले तिनै नेता विरुद्ध बालुवाटारका ‘साइबर सेना’ हमलामा उत्रिएका छन् ।

    ‘साइबर सेना’काे निशानामा बन्नु पर्ने कारण भने अनाैठाे छ । बालुवाटारका गलत काम ट्वीस्ट गर्न बामदेव विरुद्ध ‘साइबर सेना’ परिचालित भएका हुन् ।

    हालै लगानी बाेर्डमा नियुक्ति पाएका बिचाैलिया शुसिल भट्ट सामाजिक रुपमा बद्नामी भएकाले नियुक्ति गर्न बामदेवले पाे लाएका हुन् भनेर ती ‘साइबर सेना’ बामदेव विरुद्ध खनिएर बालुवाटारकाे बचाउ थालेका रहेछन् !

    यसबारे ‘जनआस्था’ लेख्छ- विवादास्पद र बिचौलिया छविका सुशील भट्टलाई लगानी बोर्डको सीईओमा गरिएको नियुक्तिपछि उत्पन्न जनअसन्तोष र तरङ्गलाई ढाकछोप गर्न यौटा खेमाले नयाँ जुक्ति लगाएको छ ।

    सरकारले अन्य उपयुक्त उम्मेदवारलाई बोर्ड सीईओ बनाउन खोजेको बेलामा अप्ठेरो पारेको भन्दै दोषजति वामदेव गौतममाथि थोपरिएपछि भैसेपाटीले बाहिर बाहिर असन्तुष्टि जनाएको पाइएको छ । आफ्नै सेटिङ्गमा गरिएको नियुक्तिको दोषसमेत अरुको थाप्लोमा थुपारेर बालुवाटार पानीमाथिको ओभानो मात्र बन्न खोजेको बताइन्छ ।

    स्रोतका अनुसार ‘प्रधानमन्त्री अनिच्छुक हुँदाहुँदै पनि वामदेवको दबाब र करकापमा भट्टलाई नियुक्त गर्नुपरेको’ रेडिमेड जवाफ बालुवाटार निकट ‘साइबर सेना’ ले अस्ति बेलुकीदेखि फैलाएका हुन् ।

    फेसबुक र ट्वीटरमा गौतमप्रति लक्षित कतिपय स्टाटसले बालुवाटारले ‘साइबर टोलीलाई’ राम्रैसँग परिचालन गर्न थालेको अनुमान छ ।

     

    प्रतिक्रिया दिनुहोस