२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- पहिराेले पुरिएर आमा छाेराकाे ज्यान गएपछि गाउँ नै शाेकमग्न भएकाे छ । बैतडि जिल्लाकाे डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेशकाे मृत्यु भएकाे हाे ।

    बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

    छाेरीहरु सोह्र वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको थियाे ।

    घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ ।  ।

    प्रतिक्रिया दिनुहोस