२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

आइतबार थपिए मृतक, कोरोनाबाट मर्नेकाे संख्या ७४

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • आइतबार बिहानै अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो ।

    प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस