२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

यसरी सुन्छन् ओखलढुंगाका सिडियाेले हटलाइनबाटै गुनासाे !

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले नागरिककाे गुनासाे सुनुवाइ गर्न हटलाइन सेवा शुरु गरेकाे छ । गुनासाे सुन्नका लागि २४ सै घण्टा खुला रहने गरि ०३७-५२०७३३ नम्बरकाे व्यवस्था गरिएकाे छ ।

    हटलाइनमा निश्चित प्रकारका गुनासा मात्रै गर्न सकिनेछ । जसमा शान्ति सुरक्षा सुशासन सार्वजनिक सेवा प्रवाह र विपद् व्यवस्थापन सम्बन्धी गुनासाे राख्न पाइने छ । कार्यालयका अनुसार तत्कालै गुनासा सम्बाेधनका काम थालिने र गुनासाेकर्तालाई समेत त्यसबारे भएकाे प्रगतिकाे जानकारी दिने व्यवस्था गरिएकाे प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलले बताए ।

     

    प्रतिक्रिया दिनुहोस