२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

आजकाे माैसम कस्ताे छ ? थाहा पाउनुहाेस्

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ ।

    मनसुनी न्यून चापीष् रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभागहरुमा  समान्यदेखि पूर्णबदली रहेको र सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी, मंगलबार दिउँसो देशका अधिकांश भूभागमा  सामान्य बदली रही  केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशभर सामान्य  बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,  गण्डकी प्रदेश,  र प्रदेश नं ५  थोरै स्थानमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस