२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

प्रदेश राजधानी ‘काेराेना हटस्पट’, एकै दिन ९८ जना संक्रमित थपिए

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर- तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको प्रदेश १ मा एकै दिन मंगलबार ९८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमै पहिलो पटक एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । जसमा विराटनगर महानगरपालिकाका मात्रै ५० जना छन् । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा दुई, इलाम र ताप्लेजुङमा एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

    मोरङका संक्रमितमध्ये विराटनगर महानगरमा २१ महिला र २९ पुरुष गरेर ५० जना रहेका छन् । त्यस्तै बूढीगंगा गाउँपालिकामा १० पुरुष र बेलबारी नगरपालिकामा एक पुरुषमा कोरोना देखिएको छ ।

    सुनसरीको दुहवीमा दुई महिला पाँच पुरुष, धरानमा दुई महिला र दुई पुरुष, देवानगञ्जमा तीन पुरुष, हरिनगरा र इनरुवामा एक÷एक पुरुषमा संक्रमण पुष्टि भएको छ । सुनसरीमा ठेगाना नखुलेका एक महिला र पुरुष पनि संक्रमित भएका छन् ।

    उदयपुरको बेलकामा चार पुरुष र तीन महिला, त्रियुगामा तीन महिला र पाँच पुरुष, झापाको मेचीनगरमा एक महिला र एक पुरुष, इलामको सूर्योदयमा एक र ताप्लेजुङको फुङ्लिङमा एक पुरुषमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताकाअनुसार प्रदेश १ मा मंगलबार एक हजार छ सय ८२ जनाको  पीसीआर परीक्षण गरिएकोमा ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेशमा हालसम्म एक हजार पाँच सय ५३ जनामा संक्रमण पुष्टि भइसकेको जानकारी मेहताले दिए ।

    प्रतिक्रिया दिनुहोस