२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
काेराेना कहर

२४ घण्टामा ६३८ मा कोरोना पुष्टि; मृतककाे संख्या ८३ पुग्याे

नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे।

    अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने  मृतकको संख्या ८३ पुगेको छ ।  मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस