२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

कोरोनाले धरानमा पनि थप एकको मृत्यु

Thumbnail
  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। बुढिगंगा गाउँपालिका- २ मोरङ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए।

    उनी हप्ता दिन अगाडि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनको बुधवार बिहान निधन भएको डिएसपी बस्नेतले बताए। मृतकको शव अझै आइसोलेसन वार्डबाट अन्यत्र लगिएको छैन।

    प्रतिक्रिया दिनुहोस