२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

बुधबार ८ जनाकाे मृत्यु, काेराेनाले मर्नेकाे संख्या ९१ पुग्याे

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

    पछिल्लो पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो। योसँगै कोरोनाले ज्यान गुमाउनको संख्या ९१ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    पछिल्लो ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।  योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ।

    देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१  जनाको पीसीआर परीक्षण गरिएको छ।

    अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस