२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

प्रहरी हिरासतभित्रै चन्दले कसरी गरे आत्महत्या !

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कैलालीकाे धनगढी उपमहानगरपालिकामा एक जनाको प्रहरी हिरासतमा मृत्यु भएको छ । धनगढी–१४ फूलबारी गाउँका अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्दको सीमा प्रहरी चौकी बहुलियाको हिरासतमा मृत्यु भएको हो ।

    मदिरा सेवन गरी गाउँघरका स्थानीयबासीलाई मार्छु र आफू पनि मर्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई पनि दुःख दिएपछि बुधबार बिहान तीन बजे प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । उनी शौचालय गएको अवस्थामा त्यही मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    मृतक चन्दको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलमा ब्लेड फेला परेको बताइएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस