२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

जिप खस्दा १ को मृत्यु, १० जना घाइते

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • मुगु – छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।  सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको जिप बुधबार साधेपानीमा सडकबाट करिब सय मिटर तल खसेको हो ।

    जिप खस्दा छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, त्यही गाउँपालिका वडा नम्बर ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नम्बर ९ कालैका रघु विटालु, भक्त लावड, वडा नम्बर ३ कमलराज बुमी र वडा नम्बर ७ ख्यालचका रुपलाल बुढा घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस