२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

ओलि-प्रचण्डकाे बालुवाटारमा बाेलचाल !

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा बाेलचाल भएकाे बताइन्छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेकाे स्राेतले जनायाे ।

    भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ ।

    राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस