२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
काेराेना कहर

विरगंजमा थप एककाे मृत्यु, काेराेनाबाट मर्नेकाे संख्या १०० नाघ्याे

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • वीरगन्ज- वीरगन्जको कोभिड अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ । गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा शुक्रबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ६० वर्षिय वृद्धको मृत्यु भएको हो ।

    साउन २१ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएका ती वृद्धलाई ज्वरो आएपछि साउन २४ गते साँझ गण्डक स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।  उनको उपचारकै क्रममा शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । याे सँगै काेराेनाले मृत्यु हुनेका स‌ंख्या १०० पुगेकाे छ ।

    प्रतिक्रिया दिनुहोस