२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
काेराेना कहर

संक्रमितको संख्या २६ हजार नाघ्‍यो; १७ हजार २०१ डिस्चार्ज, १०२ काे मृत्यु !

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९)  संक्रमितको संख्याले २६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ को स्वाबको पीसीआर परीक्षण गर्दा ४६८ को रिपोर्ट पोजिटिभ आएको हो।

    प्रवक्ता गौतमका अनुसार २४ घण्टामा १२४ संक्रमित निको डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या १७ हजार २०१ पुगेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले तीन जनाको मृत्यु भएको छ।  योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १०२ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस