२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

ओखलढुंगामा इलेक्ट्राेनिक्स संघ गठन

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा पहिलाे पटक इलेक्ट्राेनिक्स व्यवसायी संघ गठन भएकाे छ । इलेक्ट्रिक सामग्रीहरुकाे काराेबार गर्ने व्यासायीहरुले संघकाे तदर्थ समिति गठन गरेका हुन् ।

    इलेक्ट्राेनिक्स काराेबार गर्ने वयवसायीकाे हकहित तथा समस्या समाधानमा संस्थागत रुपमा सहजीकरण गर्न हरिचन्द्र श्रेष्ठकाे अध्यक्षतामा २० सदस्यीय समिति गठन भएकाे सदस्य तथा युवा व्यावसायी विनाेद खत्रीले बताए । समितिकाे उपाध्यक्षमा राजेन्द्र राई, सचिवमा यादव श्रेष्ठ र सन्ताेष श्रेष्ठ, काेषाध्यक्षमा शैलेन्द्र धमलालगायत रहेका छन् ।

    शनिवारकाे भेलाबाट गठित संघकाे वैधािनक दर्ता तथा नियमित बैठक बस्ने लगायत निर्णय गरेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस